play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नेपालमा वस्तु आयात लयमा आयो ,चालु आवमा ८ खर्ब ३ अर्ब ६४ करोडको आयात

0

चितवन , फागुन ०७ । नेपालमा वस्तु आयातको ग्राफ कोरोना भाइरसको महामारी शुरु हुनु भन्दा अगाडि कै अवस्थामा फर्किएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को सातौं महिना (साउन(माघ) बित्दा वस्तु आयात गत आवको यसै अवधिमा भएको आयातकै हाराहारीमा पुगेको हो । चालु आवको ७ औं महिनासम्म कुल ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आवको यसै अवधिमा ८ खर्ब ३ अर्ब ६० करोडको वस्तु आयात भएको थियो । गत आवको यो अवधिमा कोरोनाको महामारीले मुलुकको अर्थतन्त्र प्रभावित बनेको थिएन । तर, यो वर्षको प्रारम्भिक तीन महिना कोरोनाबाट अर्थतन्त्र प्रभावित बनेको थियो । तथ्यांक अनुसार माघ महिनामा मात्र नेपालले विदेशबाट १ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । तथ्यांकअनुसार पुससम्म कुल आयात ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँ रहेको थियो । कोरोना भाइरसका कारण मुलुकभित्र अर्थतन्त्रका धेरैजसो क्षेत्र प्रभावित बने पनि यसले वैदेशिक व्यापारमध्ये आयातमा भने कुनै प्रभाव नपारेको देखिएको छ । यो अवधिमा निर्यातमा सामान्य वृद्धि देखिएको छ । ७ महिनामा नेपालबाट ६९ अर्ब ९१ करोड ७० लाख रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको छ । माघ महिनामा ६ अर्ब हाराहारीको मात्र वस्तु निर्यात भएको छ । तथ्यांकअनुसार ७ महिनाको अवधिमा नेपालको व्यापार घाटा ७ खर्ब ३३ अर्ब पुगेको छ । यो गत आवको तुलनामा मात्र ०.६६ प्रतिशत कम हो । गत आवमा ७ खर्ब ३७ अर्बको व्यापार घाटा थियो । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ प्रतिशत पुगेको छ । निर्यातको हिस्सा मात्र ८ प्रतिशत छ । यो वर्ष नेपालले सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात गरेको छ । यस्तो आयात १ खर्ब भन्दा माथिको मूल्यमा पुगेको छ । तथ्यांक अनुसार यो अवधिसम्म १ खर्ब ४७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

Share.

Leave A Reply