play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

जोखिमयुक्त पाँच जिल्लामा माृत–शिशु स्वास्थ्य र पोषण कार्यक्रम सञ्चालन गर्न अनुदान

0

चितवन , फागुन ०७ । जापान सरकारले नेपालको प्रदेश १ र २ का जोखिमयुक्त पाँच जिल्लामा मा मातृ–शिशु स्वास्थ्य र पोषण कार्यक्रम सञ्चालन गर्न ४० करोड ५० लाख रुपैयाँ (३० लाख ४७ हजार अमेरिकी डलर) अनुदान दिएको छ । यो कार्यक्रम संयुक्त राष्ट्र संघीय निकाय– विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले कार्यान्वयन गर्नेछ । उक्त सहायता सम्झौतामा नेपालका लागि जापानी राजदूत मासामिची साइगो र डब्लुएफपी नेपालकी प्रतिनिधि एवं राष्ट्रिय निर्देशक सुसान जान पर्सले हस्ताक्षर गरेका छन् । यो कार्यक्रमले पूर्वी र मध्य नेपालका झापा, मोरङ र सुनसरी तथा सप्तरी र सिरहा जिल्लामा युवा अवस्थाका आमाहरू र बच्चाहरूको स्वास्थ्य र पोषण सुरक्षा गर्नेछ । यी जिल्लाहरू जलवायु परिवर्तनसँग सम्बन्धित विपदहरूको उच्च जोखिममा समेत रहेका छन् । डब्लुएफपीले नेपालमा सरकारसँग मिलेर काम गर्दै आइरहेको छ । यो सहायताले ६ देखि २३ महिनासम्मका १९,००० बालबालिकाहरू र ४९,७०० गर्भवती र स्तनपान गराउने महिलाहरूलाई विशेष प्रकारको पोषण प्राप्त गर्ने बताइएको छ । त्यस्तै सामुदायिक खाद्य बैंकबाट २५ हजार घरधुरी यो कार्यक्रमबाट लाभान्वित हुनेछन् ।

Share.

Leave A Reply