play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

सरकारले संविधान मिच्दैन, लोकतन्त्रको बाटो बिराउँदैन ः प्रधानमन्त्री ओली

0

फागुन,७।
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले संविधान नमिच्ने बताउनुभएको छ । साथै उहाँले आफू नेतृत्वको सरकारले लोकतन्त्रको बाटो नबिराउने प्रतिवद्धता जनाउनु भएको छ । प्रजातन्त्र दिवसको अवसरमा काठमाण्डौको टुँडिखेलमा भएको कार्यक्रममा उहाँले नागरिकको अभिमतभन्दा विपरीत आफू नजानेसमेत बताउनुभयो । तर प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको आरोप लाग्दै आएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि बहस चलिरहेको छ । यसैबीच प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताकासाथ अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै अर्को वर्षसम्म नेपाल अल्पविकसित देशबाट विकासशील राष्ट्रमा प्रवेश गर्नेसमेत बताउनुभएको छ । देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश भएको भन्दै उहाँले तोकिएकै समयमा चुनाव हुनुपर्नेमा समेत जोड दिनुभयो ।कुनै हिसाबले अलमल गर्ने र लोकतन्त्रलाई अलमलमा पार्ने क्रियाकलाप कसैले गर्न नहुने भन्दै उहाँले सानातिना मतभेदलाई चुनावमा गएर ताजा जनमत लिएर आउनुपर्ने बताउनुभयो । आज राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरेर देशभर मनाइँदै छ । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भएर प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

Share.

Leave A Reply