play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

टोटेनहमको सहज जित

0

फाल्गुन,७।
युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा इंग्लिस क्लब टोटेनहमले सहज जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले अष्ट्रियन क्लब वल्फ्सवर्गरलाई ४(१ गोल अन्तरले पराजित गरेको हो । वल्फ्सवर्गरको मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सन, ग्यारेथ बेल, लुकास मोउरा र कार्लाेस भिनिसियसले एक एक गोल गरे । वल्फ्सवर्गरका माइकल लिइन्डिलले एक गोल फर्काए । अष्ट्रियन क्लबविरुद्ध टोटेनहमले १३ औं मिनेटमा सनको गोलबाट अग्रता बनाएको थियो । खेलको २८ औं मिनेटमा बेलले गोल गर्दै टोटेनहमको अग्रता २(० को बनाए । खेलको ३४ औं मिनेटमा लुकासले गोल गरेपछि पहिलो हाफमा टोटेनहम ३(० ले अघि रह्यो । खेलको ५५ औं मिनेटमा घरेलु टोलीका माइकलले पेनाल्टीमा गोल गर्दै खेललाई ३(१ को अवस्थामा ल्याए ।त्यसपछि खेलको ८८ औं मिनेटमा कार्लाेसले गोल गर्दै टोटेनहमलाई ४(१ को जित दिलाए । यो जितसँगै टोटेनहमको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनेको छ । टोटेनहमले दोस्रो लेग २४ फेब्रुअरीमा घरेलु मैदानमा खेल्नेछ । अर्को इंग्लिस क्लब लेष्टर सिटी भने स्लाभियासँग गोलरहित बराबरीमा रोकिएको छ ।

Share.

Leave A Reply