play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

गलवानमा भारतीय सैनिकसँगको झडपमा आफ्ना चार सैनिक मारिएको चीनको खुलासा

0

फाल्गुन, ७।
गत वर्ष भारत र चीनको सीमा क्षेत्र गलवानमा भएको सैनिक झडपमा आफ्ना चार सैनिकको मृत्यु भएको चीनले खुलासा गरेको छ । उक्त झडपमा भारतले आफ्ना २० सैनिक मारिएको बताए पनि चीनले भने कति सैनिकको मृत्यु भएको हो भन्ने खुलाएको थिएन । यसैबीच चीनको केन्द्रीय सैनिक आयोगले कारकोरम पर्वतमा ड्युटीमा रहेका चार सैनिकको बलिदानीको चर्चा गरेको थियो ।गत वर्षको जुनमा गलवानमा भएको चिनियाँ र भारतीय सैनिकबीचको झडपमा आफ्ना चार सैनिकको मृत्यु भएको बताएको हो । उक्त झडपमा पीएलए शिनजियांग मिलिट्री कमाण्डका क्यूई फबाओ, चेन होंगुन, जियानगँन्ग, जिओ सियुआन र वांग जÞुओरन गरी चारको मृत्यु भएको ग्लोबल टाइम्सले तयार पारेको समाचारमा उल्लेख छ । चीनले चार जनाको मात्रै मृत्यु गरे पनि भारतीयले पक्षले भने अझ धेरै सैनिकको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । यता चीनले आफ्ना ५० भन्दा बढी सैनिकलाई विमानबाट उद्दार गरेको बताएको छ ।

Share.

Leave A Reply