play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

नेकपाको प्रचण्ड(नेपाल समूह बहुमत केन्द्रीय सदस्यको नागरिकता बोकेर निर्वाचन आयोग जाँदै

0

फागुन,७।
नेपाल कम्यूनिष्ट पार्टी नेकपाको प्रचण्ड(नेपाल समूह बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाने भएको छ । लामो समयदेखि पार्टी भित्रको विवाद नटुङ्गिएपछि आज बहुमत केन्द्रीय सदस्यसहित प्रचण्ड(नेपाल समूह निर्वाचन आयोगमा जान लागेको हो । त्यसका लागि सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित दिउँसो १२ बजे पार्टी कार्यायल पेरिसडाँडा बोलाइएको छ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गरेपछि असन्तुष्टि जनाउँदै प्रचण्ड(नेपाल समूहले विरोधका कार्यक्रम गर्दै आएको छ । नेकपाको आधिकारिकताको विषय नटुङ्गिदा विवाद झन् बढ्दै गएको छ । दुवै समूहले पार्टीको आधिकारिकता दाबी गरे पनि आयोगले कुनै निर्णय गरेको छैन । आयोगले दुवै समूहले गर्दै आएका निर्णय र कार्यक्रमलाई मान्यता नदिने बताएको छ । सरकारको दबाबमा परेर निर्वाचन आयोगले आवश्यक निर्णय गर्न नसकेको प्रचण्ड(नेपाल समूहले आरोप लगाउँदै आएको छ ।

Share.

Leave A Reply