play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

आजै भागरथीको शव बुझेर दाहसंस्कार गरिने

0

फाल्गुन, ७।
बैतडीकी किशोरी भागरथीको शव बुझेर परिवारले आजै दाहसंस्कार गर्ने भएका छन् । बिहीबार आरोपी दिनेश भट्टले यौनदूव्र्यबहार आफैले गरेको स्वीकार गरेपछि परिवारले शव बुझेर दाहसंस्कार गर्न लागेका हुन् । आरोपी भट्टले मंगलबार भागरथीको हत्या गरेपनि बलात्कार आरोप स्वीकार गरेका थिएनन् । बिहीबार दिनेशका बुबा, अनुसन्धान अधिकृत र सरकारी वकिल सामुको बयानमा उनले आफूले बलात्कारसमेत गरेको बयान दिएका थिए । यौनदूव्र्यबहार र हत्या दुवै आफैले गरेको स्वीकार गरेपछि भागरथीका परिवारले शव बुझेर दाहसंस्कार गर्न मानेको हो । जिल्ला अस्पतालबाट बिहान १० बजे भागरथीको शव परिवारले बुझ्ने बताइएको छ । गोठलपानीमा ११ बजे उनको शवयात्रा पछि सेरास्थित महाकाली आर्यघाटमा आजै दाहसंस्कार गरिनेछ । गत माघ २१ गते विद्यालयबाट घर जान हिडेँकी भागरथी साँझसम्म घर नफर्केपछि खोजतलास सुरु भएको थियो । माघ २२ गते घर नजिकै रहेको स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामाउनको शव फेला परेको थियो । परिवार तथा आफन्तजनले अपराधी पत्ता लागेपछि मात्रै शव बुझ्ने भनेपछि १६ दिनपछि भागरथीको दाहसंस्कार गर्न लागिएको हो ।

Share.

Leave A Reply