play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

सगरमाथा साहित्य प्रतिष्ठान नेपालको अध्यक्षमा जीवित खड्का मगर

0

चितवन । सगरमाथा साहित्य प्रतिष्ठान नेपालको केन्द्रीय अध्यक्षमा कवि एवम् कुशल चित्रकार जीवित खड्का मगर चयन हुनुभएको छ । संस्थाको हालै सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा उहाँलाई आगामी कार्यकालका लागि अध्यक्ष चयन गरेको हो ।

करिब हप्तादिन चलेको अधिवेशनमा निवर्तमान कार्यसमितिको कार्यकालको समीक्षा गरिएको थियो । अधिवेशनमा तत्कालीन कार्य समितिका अध्यक्ष कृष्ण बिश्वकर्मा र सचिवालयका तर्फबाट सचिव अजित क्षेत्रीले पेश गरेको सांगठनिक र सह कोषाध्यक्ष चन्द्र साम्बाहाम्फेले पेश गर्नु भएको आर्थिक प्रतिवेदनमाथि छलफल भएर पारित भएको थियो ।

प्रतिवेदनमाथि कार्यसमितिमा छलफल पश्चात अध्यक्ष कृष्ण बिश्वकर्माले आफ्नो नेतृत्वको कार्यसमिति भंग भएको घोषणा गर्दै नयाँ कार्यसमितिको अध्यक्षका रुपमा जीवित खड्का मगरको नाम प्रस्ताव गर्नु भएको थियो । लगत्तै सर्वसम्मत रुपमा जीवित खड्का मगरलाई अधिवेशनले नयाँ अध्यक्षको रुपमा चयन गरेको हो । कार्यसमितिका अन्य पदाधिकारीको चयन आन्तरिक छलफल पछि छिट्टै गरिने नव निर्वाचित अध्यक्ष मगरले जानकारी दिनु भयो । संस्थाको केन्द्रीय कार्यालय युएईमा रहेको छ ।

Share.

Leave A Reply