play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

१३० राष्ट्रले अझै पाएनन् खोप, असमान वितरणप्रति राष्ट्र सङ्घको असन्तुष्टि

0

फागुन,६।
कोरोनाविरुद्धको खोपको वितरणप्रति संयुक्त राष्ट्र सङ्घले असन्तुष्टि जनाएको छ । संयुक्त राष्ट्र सङ्घका प्रमुख एन्टोनियो गुट्रेसले कोरोनाविरुद्धको खोप वितरणमा असमानता बढेको भन्दै आलोचना गर्नु भएको छ । राष्ट्र सङ्घको सुरक्षा परिषद्मा भएको उच्चस्तरीय बैठकमा गुट्रेसले १३० राष्ट्रले अझै पनि कोरोनाविरुद्धको पहिलो खोप नपाएको भन्दै तीखो आलोचना गर्नुभयो । कोरोनाको महामारीका कारण विश्व नै आक्रान्त बनेको यो अवस्थामा खोप वितरणमा समानता नहुनु दुःख लाग्दो कुरा भएको उहाँको भनाइ छ । उहाँले कोरोनाविरुद्धको खोपको निष्पक्ष वितरण सुनिश्चित गर्न शक्ति र पहुँच भएका व्यक्ति, वैज्ञानिक, खोप उत्पादक कम्पनीलाई खोप वितरणको योजना एकसाथ बनाउन आह्वान पनि गर्नु भएको छ । कोरोनाविरुद्धको खोपमा सबैको पहुँच पुर्याउन यो निकै आवश्यक भएको पनि गुट्रेसको भनाइ छ ।

 

Share.

Leave A Reply