play_circle_outline On Air

योगबिज्ञान

play_circle_outline On Air

योगबिज्ञान

बराबरीमा रोकियो एट्लेटिको

0

फाल्गुन,६।
स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा एट्लेटिको लेभान्टेसँग १(१ गोलको बराबरीमा रोकिएको हो । लेभान्टेको मैदानमा एक गोलको अग्रता उल्टाएर एट्लेटिकोले बराबरी खेलेको हो । खेलको १७ औं मिनेटमा बार्धीले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाएका थिए । तर, खेलको ३७ औं मिनेटमा मार्कुस लोरेन्टले गोल गर्दै एट्लेटिकोलाई हारबाट जोगाए । बराबरीसंगै एट्लेटिकोले २२ खेलमा ५५ अंक जोडेको छ । एट्लेटिकोले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ । लेभान्टे २८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

 

Share.

Leave A Reply