play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

यहि २३ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप लगाईने

0

फागुन,६।
सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड(१९ विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधवार बसेको बैठकले फागुन २३ गतेदेखि ६० वर्ष वा त्यसभन्दा माथिका नागरिकलाई खोप लगाइने भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । भारत सरकारले उपलब्ध गराएको कोभिड(१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप गएको माघ १४ गतेदेखि लगाउन थालिएको हो । पहिलो चरणमा प्राथमिकतामा परेको स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, एम्बुलेन्स तथा शववाहनका चालक तथा सहचालक, महिला स्वास्थ्य स्वयंसेविकालगायतलाई यही माघ १४ गतेदेखि २४ गतेसम्म त्यस खोप लगाइएको थियो । यही फागुन २ गतेदेखि दोस्रो प्राथमिकतामा परेका व्यक्ति जिल्लास्तरीय सरकारी कार्यालयका कर्मचारी, बैंकका कर्मचारी, पत्रकार, पालिकाका कर्मचारीलाई खोप लगाउन थालिएको छ । यसअघि माघ २६ देखि ३० गतेसम्म काठमाण्डौमा कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारी तथा पत्रकारलाई समेत खोप लगाइएको थियो । मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार अहिलेसम्म दुई लाख ६३ हजार ४८२ जनाले खोप लगाइसकेका छन् । पहिलो चरणमा प्राथमिकता परेका ८४ प्रतिशतले खोप लगाएको उहाँले बताउनुभयो । प्रदेश नं १ मा ७२ प्रतिशत, प्रदेश नं २ र वाग्मती प्रदेशमा ८४ प्रतिशत, गण्डकी प्रदेशमा शतप्रतिशत, लुम्बिनी प्रदेशमा ८४ प्रतिशत, कर्णाली प्रदेशमा ७२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९१ प्रतिशतले पहिलो चरणमा पहिलो प्राथमिकता परेका व्यक्तिले खोप लगाएका छन् । उहाँले खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन अनुरोध गर्नुभयो ।

Share.

Leave A Reply