चितवन,फागुन ०५ । सरकारले खरिद गर्न लागेको २० लाख डोज कोभिड खोप कोभिसिल्ड पहिलो चरणमा १० लाख आउने भएको छ। नेपालले सेरम इस्न्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको अक्सफोर्ड–एस्ट्राजेनिकाको कोरोना विरुद्धको खोप कोभिसिल्ड खरिद गर्न लागेको छ। कम्पनीले २० लाख खोप दुई चरणमा पठाउन सक्ने सम्भावना रहेको बताएको तर अन्तिम निर्णय नदिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले स्रोतले भन्यो,‘हामी कम्पनीको नियमित सम्पर्कमा छौँ। दुई चरणमा खोप पठाउने सम्भावनाबारे उनीहरुले बताएका छन्। आज बेलुका वा भोलिसम्म त्यसको निर्णय आउँछ होला। हामीले त्यही अनुसार पहिलो चरणमा १० लाख र दोस्रो चरणमा १० लाख खोप ल्याउने तयारी गरेका छौं’ सरकारले प्रति एक डोज ४ डलर रुपैयाँमा २० लाख डोज खोप खरिद गर्न लागेको छ। कम्पनीले खोप उपलब्ध गराउने तर त्यसका लागि अग्रिम भुक्तानी गर्नुपर्ने सर्त राखेपछि मन्त्रीपरिषद्को मंगलबार(हिजो) बसेको बैठकले बाधाअड्चन फुकाई खोप खरिदका लागि अग्रिम भुक्तानी गर्ने निर्णय गरिसकेको छ। नेपालको कानुनी व्यवस्था अनुसार खरिद गरिएको सामग्री नेपाल आइसकेपछि मात्र भुक्तानी दिइन्छ। कम्पनीले राखेको प्रस्ताव नेपालको खरिद ऐन विपरीत भएपछि स्वास्थ्य मन्त्रालयले उक्त प्रस्ताव मन्त्रीपरिषदमा पठाइएको थियो। मरिपरिषद्को निर्णय पछि अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई रकम निकासा दिने र मन्त्रालयले कम्पनीको बैंक अकाउन्टमा रकम जम्मा गर्ने बताइएको छ। सरकारले उक्त खोप आएपछि दोस्रो चरणको खोप अभियान सञ्चालन गर्नेछ।
सरकारले खरिद गर्ने २० लाख कोभिड खोप दुई चरणमा आउने
0
Share.