play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

दक्षिण अफ्रीकाका क्रिकेटर प्लेसिसले लिए टेस्ट क्रिकेटबाट सन्यास

0

चितवन , फागुन ०५ । दक्षिण अफ्रीकाका क्रिकेटर फाप डु प्लेसिसले टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । प्लेसिसले बुधबार सामाजिक संजाल इन्स्टाग्रामबाट सन्यास लिएको घोषणा गरेका हुन् । ३६ वर्षीय ब्याट्सम्यान प्लेसिसले सिमित ओभरको क्रिकेट भने खेल्ने छन् । प्लेसिसले दक्षिण अफ्रीकाका लागि ६९ टेस्ट खेलेका छन् । जसमा ४ हजार १६३ रन जोड्दा १० शतक बनाएका छन् । प्लेसिसले सन् २०१२ मा अष्ट्रेलियाविरुद्ध खेल्दै टेस्टमा डेब्यु गरेका थिए । दक्षिण अफ्रीकाका पूर्व कप्तान समेत रहेका प्लेसिसले अन्तिम पटक यसै महिला पाकिस्तानविरुद्धको टेस्ट खेलेका थिए ।

Share.

Leave A Reply