play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

श्रम मन्त्रालय भन्छ– ‘नेपालीको उद्धारका लागि बजेट आवश्यक छैन’

0

चितवन , फागुन ०५ ।  वैदेशिक रोजगारका क्रममा विदेशिएका र कोरोनाका कारण समस्यामा परेर फर्कनुपर्नेलाई उद्दारका लागि बजेटको आवश्यक्ता नभएको श्रम मन्त्रालयले जनाएको छ । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्धारका लागि रकमको कुनै खाँचो नभएको र विभिन्न गन्तव्य मुलुकस्थित नेपाली दूतावासहरुलाई यससम्बन्धि जानकारी पठाइएको मन्त्रालयका सचिव तोयम रायाले जानकारी दिनुभयको हो । विगत ६ महिनामा मन्त्रालयले गरेका कामको जानकारी गराउदै फर्कनका लागि अझै पनि कोहीँ भएमा सम्बन्धित निकायमा नाम पठाउन सचिव रायाले आग्रह गरेका छन् । उद्धारका लागि वैदेशिक रोजगार कल्याणकारी कोषबाट नै उद्धार गरिँदै आए पनि पछिल्लो समय उद्धार निर्देशिका केही कडाई पारिएको पनि उहँले बताउनुभयो । उहाँका अनुसार कोषको रकम वैदेशिक रोजगारमा गएकाहरुले नै जम्मा गरेको रकम भएको र रकम खर्च गर्न बनाइएको उद्धार सम्बन्धि निर्देशिका केही कडाई पारिएको छ । तर, उद्धार निर्देशिकामा कस्तो कडाई गरिएको छ त भन्नेबारे सचिव राया मौन रहनुभयाको थियो । त्यसो त मन्त्रिपरिषद्को बैठकले कोरोनाका कारण समस्यामा परेकाहरुलाई उद्धार गर्ने भनि उद्धार निर्देशिका–२०७७ नै जारी गरेको थियो । कोषको रकम परिचालन गरी समस्यामा परेकाहरुलाई उद्धार गर्न भनिए पनि त्यो सम्भव हुन सकेको थिएन । यसकारण कोरोनाका कारण रोजगार गुमाएका तथा अलपत्र परेकाहरुलाई उद्धार गर्न भनि बनाइएको निर्देशिका कार्यन्वयनमै नल्याएर आफ्नो कर्मकाण्डी पूरा गरेको छ । निर्देशिका जारी भएकै बेला विभिन्न देशका दूतावास तथा सरोकार निकायहरुले सरकारले ल्याएको निर्देशिकाले श्रमिकको कल्याण नगर्ने बताएका थिए । तर, मन्त्रालयले यी सबै प्रश्नबारे आइतबार सम्मेलनमा कुनै जानकारी गराएन केवल अब विदेशमा बस्नेहरुलाई समस्यामा परेकाहरुलाई उद्धार गर्न बजेट छुट्याउन आवश्यक नभएको जानकारी दिएको छ ।

Share.

Leave A Reply