चितवन , फागुन ०५ । चितवनको माडिमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ना ५ त ३०४५ नम्बरको ट्रयाक्टरका चालक माडि नगरपालीका वडा नम्बर ८ निवासी मनोज सुनारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय माडिका प्रहरी जवान बसन्त जिसीले जानकारी दिनुभयो । माडी ८ स्थित टुनामुना खोला सिरानमा ढुङ्गा उठाउन जाने क्रममा आज बिहान ट्रयाक्टर दुर्घटनामा परेको हो । घटनाका बारेमा थप अनुसन्धान भईरहेको जिसीले बताउनुभयो ।
माडिमा ट्रयाक्टर दुर्घटनामा परि १ जनाको मृत्यु
0
Share.