play_circle_outline On Air

काउँनडाउन शो

play_circle_outline On Air

काउँनडाउन शो

पञ्चकन्या ग्रुपले चितवनमा डिपो सञ्चालनमा ल्यायो

0

भरतपुर, ५ फाल्गुन
पन्चकन्याले चितवनमा डिपो संचालनमा ल्याएको छ । भरतपुर–९, सिनर्जना चोक नजिकै पन्चकन्याले चितवनमा पहिलो डिपो संचालमा ल्याएको हो । पञ्चकन्या गु्रप अन्तर्गतको प्लाष्टिक डिभिजनका सेल्स हेड् गणेश कुमार कार्कीका अनुसार प्लाष्टिकका विभिन्न ब्रण्डका एच.डि.पि., सि.पि.भि.सि., पि.पि.आर., पि.भि.सि. पाईप एण्ड फिटिङ्ग र स्ट्रीलको वाटर ट्याङ्ग डिपोपा रहने छ । तत्कालको लागी प्लाीष्टकका ब्रण्डहरुलाई प्राथमीकतामा राखेको भएपनि स्ट्रीलका उत्पादन समेत छिटै डिपोमा राखिने कार्कीले जानकारी दिए ।

डिपो बाट चितवन सहितका छिमेकी जिल्लाका डिलर, डिष्ट्रीव्युटर र ठुला आयोजनाहरुलाई सामान वितरण हुन एरिया सेल्स म्यानेजर श्याम प्रसाद अर्यालले बताए । चितवनमा मात्र पञ्चकन्या गु्रपको डिष्ट्रीव्युटर २ ओटा छन् ।
पञ्चकन्या ग्रुपका म्यानेजिङ्ग डाईरेक्टर देवेन्द्र साहुले डिपो उद्धघाटनको अवसरमा आफ्नो नयाँ उत्पादनहरुको बारेमा जानकारी गराएका थिए । उनले पञ्चकन्या गुणस्तरीय र नेपाली उत्पादन भएकाले पनि सबै नेपालीले रुचाएको बताए । उनका अनुसार भारतमा समेत पञ्चकन्याका उत्पादन विक्रि हुदै आएको छ । नेपालको निर्माण सामाग्रीको बजारहो ५० प्रतिशतभन्दा बढी हिस्सा पञ्चकन्याले ओगटेको ग्रुपले दाबी गर्दै आएको छ । कम्पनीले डिपो उद्धघाटनको अवसरमा चितवनका प्राविधिकहरुलाई मायाको चिनो स्वरुप काम प्रयोग हुने औजार र जाडोको पोशाक प्रदान गरेको थियो ।

Share.

Leave A Reply