play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

तिर्थस्थल मौलाकालिका मन्दिर बाटोमा रहेका ढुङ्गाहरुमा मूर्ती बनाउन शुरु

0

चितवन,फागुन ०४ । धार्मीक पर्यटकिय स्थलको पहिचान बनाउँदै अघि वढेको प्रसिद्ध तिर्थस्थल मौलाकालिका मन्दिर जाने सिंढिमार्गमा रहेका ढुङ्गाहरुमा आर्कषक मूर्तीहरु बनाउने कार्य शुरु भएको छ । सो कार्यका लागि आस्था राष्ट्रिय मूर्तिकला कार्यशाला शुभारम्भ भएको छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिर, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभाग र गैँडाकोट नगरपालिकाको आयोजनामा मौलाकालिका मन्दिर जाने सिँढिमार्गमा शो कार्यशाला शुरु भएको हो । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कूलपति कान्छा कुमार कर्मचार्यले ढुङ्गामा आकृति कोरेर कार्यशालाको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले मौलाकालिकाको मौलिक अस्तित्वलाई ध्यानमा राखेर मूर्तिहरु निर्माण गरिने भएकाले त्यसले यहाँको धार्मीक पर्यटनको सौन्दर्यतामा बृद्धि हुने बताउनुभयो । ललित कला प्रतिष्ठान, मूर्तिकला बिभागका प्रमुख लालकाजी लामाले मन्दिर जाने बाटोमा भएका ढुंगाहरुमा थप सामग्रिहरुको प्रयोग नगरिने र यहीँ उपलब्ध भएका ढुंगाहरुमा मूर्तिकारहरुले स्वतन्त्रपूर्वक मूर्ति बनाउने जानकारी दिनुभयो । समारोहको अध्यक्ष तथा धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले मन्दिर जाने पदमार्गमा गरिने अन्य सुधार र बिकासका काममा अन्य नीजि, सरकारी तथा विभिन्न संघ संगठनहरुले पनि सहयोग गर्नेमा आपूm विश्वस्त रहेको बताउनुभयो । ललितकला प्रतिष्ठानका १५ जना मूर्तिकारहरुले आगामी १५ दिनमा काम सक्नेगरि मंगलबारदेखि काम सुरु गरेका हुन् । सो काम सम्पन्न हुँदासम्म रु २५ लाख लागत लाग्ने बताईएको छ ।

Share.

Leave A Reply