play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

पूर्वमन्त्री विक्रम पाण्डेविरुद्धको साढे ८ अर्ब भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु

0

चितवन,फागुन ०४ । पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध परेको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ । निर्माण व्यवसायी समेत रहेका पाण्डेसहित २१ जनाविरुद्ध आठ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभियोग छ । पाण्डे एक्लैलाई सवा २ अर्ब रुपैयाँ बिगो तिराउनुपर्ने अभियोग लगाइएको छ । सिक्टा सिँचाइ आयोजनामा कमसल सामान प्रयोग गरी पाण्डेसहितको मिलेमतोमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर ०७५ मा मुद्दा दर्ता गरेको हो । आयोजनाको निर्माण जिम्मा पाण्डेको स्वामित्वमा रहेको कालिका कन्स्ट्रक्सनले पाएको थियो । आयोजना प्रमुख, सिँचाइ विभागका इन्जियनियहरू, कालिकाका प्रबन्ध निर्देशकसहित २१ जनालाई भ्रष्टाचारमा सामेल भएको आरोप छ ।१७ जेठ ०७६ देखि पेसीमा चढेको यो मुद्दालाई १२ माघ ०७७ देखि हेर्दाहेर्दैमा राखेर सुनुवाइ गरिरहेको छ । गत आइतबारदेखि भने दैनिक सुनुवाइ भइरहेको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्कीसहित सदस्यहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले मुद्दा सुनुवाइ गरिहेको छ । पाण्डे ०७३ मा भूमि सुधार तथा व्यवस्था मन्त्री बनेका थिए

Share.

Leave A Reply