play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

चितवन राष्ट्रिय निकुञजमा फेरी एक गैँडाको मृत्यु ,चालु आर्थिक वर्षमा मर्नेको संख्या २४ पुग्यो

0

चितवन,फागुन ०४ । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको अमलटाारी सेक्टर अन्तर्गत गिद्धेनी पोष्ट नजिक नारायणी नदी छेउमा आज मृत गैंडा फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार करिब ३० वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको छ । गैंडाको खागखुर भने सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बुढो गैंडा ढिस्को उक्लने क्रममा पल्टेर उत्तानो परी मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । निकुञ्जमा चालु आर्थिक वर्षको हालसम्म २४ वटा गैंडा मरेका छन् । ती मध्ये चार वटा चोरीशिकारीले मारेका हुन् भने २० वटा प्राकृतिक कारणबाट मरेका हुन् । पछिल्लो गणनाअनुसार नेपालमा ६४५ गैंडा रहेका छन् ती मध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ गैंडा छन् । यस वर्ष नेपालका गैंडा रहेका निकुञ्जमा गणना गर्ने तयारी गरिएको छ ।

Share.

Leave A Reply