play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

जलविद्युत् क्षेत्रका लागि सहुलियत स्वीकृत, विद्युत् उत्पादनको समय एक वर्ष थप

0

चितवन,फागुन ०४ । कोरोना भाइरसको महामारीका कारण जलविद्युत् क्षेत्रमा परेको असर कम गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विभिन्न सहुलियत तथा सुविधा दिने भएको छ । ऊर्जा मन्त्रालय र स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल इप्पानको संयुक्त कार्यदलले अध्ययन गरेर सिफारिस गरेअनुसार ऊर्जा मन्त्रालयले सहुलियत तथा सुविधा स्वीकृत गरेर विभिन्न मन्त्रालय र निकायलाई पत्राचार गरेको छ । वातावरणीय अध्ययनका लागि कार्यसूची तथा क्षेत्र निर्धारण भएका आयोजनाको समयावधि एक वर्ष थप गर्ने, विद्युत् खरिद सम्झौतामा विद्युत् उत्पादन गर्न तोकिएको मिति एक वर्ष थप्ने निर्णय मन्त्रालयले गरेको छ । यस्तै सर्वेक्षण अनुमति पाइसकेका तर कोरोना र लकडाउनका लागि आयोजनास्थल पुगेर अध्ययन गर्न अवरोध भएका आयोजनाका प्रवद्र्धकलाई वार्षिक अनुमतिपत्रको दस्तुरमा ७५ प्रतिशत छुट दिने र नवीकरणमा पनि छुट दिने मन्त्रालयले जनाएको छ । यस्तै विद्युुत् प्राधिकरणलाई पर्न गएको तरलता व्यवस्थापनका लागि आवश्यक रकम र पुष्ट्याइँसहित मन्त्रालयमा प्रस्ताव पेस गर्न पनि मन्त्रलायले प्राधिकरणलाई आग्रह गरेको छ ।

Share.

Leave A Reply