आज १०५ जनामा कोरोना,सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार नौ सय नाघ्यो

0

चितवन,फागुन ०४ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन हजार तीन सय ६० जनाको पीसीआर परीक्षण गर्दा एक सय पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार नौ सय ४५ पुगेको छ । यस्तै थप ९९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६९ हजार तीन सय तीन पुगेको छ । अहिले नेपालमा एक हजार पाँच सय ८७ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ५५ पुगेको छ ।

Share.

Leave A Reply