play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

केपी ओलीका कारण भएका उपलब्धि गुम्ने खतरामा:प्रचण्ड

0

चितवन,फागुन ०४ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्वका लागि पार्टी एकता गरे पनि प्रधानमन्त्री केपी ओलीका कारण उपलब्धि नै खतरामा पर्न लागेको बताउनुभयको छ । गृहजिल्ला चितवनमा पत्रकारहरूसँगको अन्तक्रियामा प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा परेको औँल्याउनुभयको हो । सबै लोकतन्त्रवादी, संविधानका पक्षधर प्रतिनिधिसभा विघटनको विरुद्धमा रहेका उहाँले बताउनुभयो । ‘केपीको समूह बाहेक सबै दल, नागरिक समाज, मिडिया प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्नेमा एकमत रहेको उहाँले जिकीर गर्नुभयो । ओलीसँग भएकामध्ये ९० प्रतिशत प्रतिनिधिसभा सदस्य पनि विघटनको विपक्षमा रहेको प्रचण्डको दाबी छ । अदालतले जनभावना र संविधानको मर्म बुझेर प्रतिनिधिसभा पुनर्स्थापना गर्ने प्रचण्डको विश्वास छ । यस्तै प्रचण्डले आफू प्रधानमन्त्री हुनका लागि अहिलेको संघर्ष नभएको स्पष्ट पार्नुभयको छ । उहाँले संकट समाधान गर्ने विषयमा विपक्षी दलहरूसँग पनि कुरा गरिरहेको जानकारी दिनुभयो । अहिलेको समस्यालाई चुनावले समाधान नगर्ने उहाँको दाबी छ । निर्वाचन आयोगले सूर्य चिह्न कसैलाई नदिने गरेर ‘फ्रिज’ गर्न नपाउनेसमेत बताउनुभयो । ‘निर्वाचन आयोग आफैले ४ सय ४१ नै केन्द्रीय कमिटी हो भनेको छ । यता राममन्दीरको कुरा राजनिति गर्न र प्रचण्ड सिध्याउन अभियानकै रुपमा चलाउछु भनेर ओलीले उठाएको प्रचण्डले बताउनुभयको छ । दाहालले ʻरामको विषय उठाएर प्रचण्ड सिद्धन्छ भन्ने केपी शर्मा ओलीलाई लागेको छ तर उनी आफुले खनेको खाल्टोमा आफै पर्नु हुनेछ । यदी पुरातात्विक अन्वेषण बाट प्रमाणीत भयो र मेरो निर्वाचन क्षेत्रमा राम जन्मिएको हो भन्ने पुष्टि भयो भने नेताहरु मध्ये सबै भन्दा खुशी हुने त मेरै भागमा पर्छ । म त्यसको किन विरोध गर्ने । होहल्ला नगरी प्रमाणीत गर्न लाग्नुस् म सब भन्दा अघि बढेर तपाईलाई सहयोग गर्छु भनेको छु ʼ– दाहालले भन्नुभयो ।

Share.

Leave A Reply