play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

चेल्सीको जितमा जिरूउड र वेर्नेरको गोल

0

फाल्गुन,४।
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले न्युकासल युनाईटेडलाई २(० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा ओलिभर जिरुउड र टिमो वेर्नेरले एक एक गोल गरे । घरेलु मैदानमा ३१ औं मिनेटमा जिरुउडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३९ औं मिनेटमा वेर्नेरले गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे । जितसँगै चेल्सी लिगको चौंथो स्थानमा उक्लिएको छ । चेल्सीले २४ खेलमा ४२ अंक जोडेको छ । न्युकासल २५ अंक जोडेर १७ औं स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा वेस्ट ह्यामले सेफिल्डलाई ३(० ले हराएको छ ।

Share.

Leave A Reply