play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

अमेरिकी संसदमा भएको आक्रमणबारे छानबनि गर्न आयोग गठन हुने

0

फाल्गुन,४।
अमेरिकी संसदले गत जनवरी ६ मा संसद भवनमा भएको आक्रमणको छानविन गर्न स्वतन्त्र आयोग गठन गर्ने भएको छ । संसदको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले सांसदहरुलाई सम्बोधन गर्दै संसदमाथि भएको आक्रमणको छानविन गर्न स्वतन्त्र आयोग गठन गर्ने तयारी भएको बताउनुभएको बीबीसीले जनाएको छ । सभामुख न्यान्सीले पूर्व राष्ट्रपति ट्रम्पले स्वतन्तन्त्रतापूर्वक सत्ता हस्तान्तरण गर्नुपर्नेमा हिंसाको बाटो रोजेकाले छानबिनका लागि स्वतन्त्र आयोग गर्नुपर्ने बताउनुभएको हो । साही घटनालगत्तै अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । कार्यकाल सकिन केही दिन मात्र बाँकी रहेको समयमा ट्रम्पमाथि दोस्रो पटक महाअभियोग दर्ता भएको हो ।सो महाअभियोगको प्रस्ताव संसदको तल्लो सदनले पारित गरेर माथिल्लो सदनमा विचाराधिन अवस्थामा रहेको छ । अमेरिकी संसदले यसअघि सन् २००१ सेप्टेम्बर १ मा अमेरिकामा भएको आतंकवादी हमलाको छानविन गर्न उच्चस्तरीय आयोग गठन गरेको थियो । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले गत जनवरी ६ मा संसद भवनमाथि आक्रमण गरेका थिए । नोभेम्बरमा भएको निर्वाचनको मत परिणामलाई लिएर असन्तुष्ट रहेका तत्कालीन राष्ट्रपति ट्रम्पले सार्वजनिक समारोहमै निर्वाचनमा धाँधली भएकाले मत परिणाम उल्टाउन अन्तिम प्रयास गर्न अपील गर्नुभएको थियो ।

Share.

Leave A Reply