play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

पञ्चायतको जुठोबाट जन्मेको कम्युनिस्टसँग कांग्रेसको कदापी सहकार्य हुँदैन ः बस्नेत

0

फागुन,४।
नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कम्युनिस्ट पार्टीसँग कदापी सहकार्य र समझदारी हुन नसक्ने बताएका छन् । ‘पञ्चायतको गर्भबाट जन्मेको, पञ्चायतको जुठोबाट जन्मेको कम्युनिस्ट पार्टीसँग नेपाली कांग्रेसको कदापी सहकार्य हुन सक्दैन,’ अध्यक्ष बस्नेतले भने । उनले यो धारणा सोमबार ललितपुरको लगनखेलमा आयोजित विरोधसभामा राखेका हुन् । नेकपा अध्यक्ष प्रचण्डले संसद विघटनविरुद्धको आन्दोलनमा नेपाली कांग्रेससँग पनि सहकार्य हुने अभिव्यक्ति दिएका बेला कांग्रेस सभापति देउवा निकट बस्नेतको यो भनाइलाई अर्थपूर्ण मानिएको छ । उनले ताजा जनादेशका लागि जनतामा जाने कुरा प्रतिगामी नहुने बताए । यद्यपि संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालत भएको भन्दै उनले संसद विघटनको विषयमा सर्वोच्चले जे निर्णय गर्छ, त्यसैलाई कांग्रेसले मान्ने बताए ।

Share.

Leave A Reply