play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

संसद विघटन ः आजबाट एमिकस क्युरीको राय

0

फागुन,४।
संसद विघटनका विषयमा राय लिन सर्वोच्च अदालतले गठन गरेको एमिकस क्युरीले आजबाट राय दिने छ । संसद विघटनविरुद्ध परेका रिटहरुमा पक्ष(विपक्षका वकिलहरुको बहस सकिएपछि आजबाट एमिकस क्युरीको बहस सुरु हुन लागेको हो । एमिकस क्युरी सर्वोच्च अदालतको सहयोगी हो । कुनै मुद्दाका विषयमा राय लिनुपरेमा सर्वोच्चले एमिकस क्युरी गठन गर्ने गर्दछ । संसद विघटनका विषयमा राय लिन गठित एमिकस क्युरीमा बद्रीबहादुर कार्की, विजयकान्त मैनाली, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठक छन् । उनीहरुले आजबाट आफ्नो राय दिनेछन् । एमिकस क्युरीको रायपछि सर्वोच्चले आफ्नो फैसला सुनाउने छ । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् । रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ तथा बहस हुँदै आएको छ ।

Share.

Leave A Reply