play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

चुनाव नहुने अध्यक्ष प्रचण्डको दाबि,फागुन १२ गते चितवनमा आमसभा गर्ने

0

चितवन , फागुन ०३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओली जनताको मतमा पनि हार्ने बताउनुभयको छ । आज चितवन आइपुग्नुभएको दाहालले पत्रकारहरु संग भरतपुर बिमानस्थलमा बोल्दै प्रतिगमनको बाटो प्रक्रियापछि व्यवहारमा हारी सकेका ओली मतमा पनि हार्ने बताउनुभयाको हो हुन् । केपी ओलीले हिजो बुटवलको आमसभामा को संग कति मत छ,चुनाव मार्फत बाकसको मतमा हेर्ने बताउनुभएको थियो । यद्धपी यो अवस्थामा चुनाब भने नहुने दाहालले बाताउनुभयो । ʻचुनाव हुदैन, प्रष्ट भए हुन्छ ,चुनाव हुनलाई गरिएको प्रतिगमन नै हैन ,हामी संविधान मिचिएको र लोकतन्त्र माथि प्राहार भएको विरुद्ध आन्दोलनमा छौंʼ,दाहालले भन्नुभयो । ओलीले जमिन बाढ्छौं भनेर पञ्च¥यालीहरु जम्मा गरेको बताउदै दाहालले पहिले पहिले राजा महाराजाले जे गर्थे त्यही कार्य अहिले ओलीबाट भएको जानकारी दिनुभयो । ओलीको यो कार्य अहिलेको अवस्थामा अर्थ र महतो नभएको समेत उहाँले दाबि गर्नुभयो । मुख्य कुरा नेपाली जनताको लामो संघर्ष र बलिदान पछि प्राप्त भएको उपल्बधी धरापमा परेको र राम्रो दिमाख भएका मानिस यो कदमको विरुद्धमा रहि आफुसंग भएको दाहालको दाबी छ । उहाँले यो कदमको सबै मिलेर परास्त गर्नु पर्ने समेत बताउनुभयो । चितवन दाहाललको गृह जिल्ला पनि हो । उहाँले १२ गते चितवनमा आम सभा गर्ने र त्यसमा सहभागी हुन आफु समेत आउने बताउनुभयमको छ ।

Share.

Leave A Reply