play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

ट्रम्पमाथि महाअभियोग लगाउन सिनेट असफल,बाइडेनले प्रजातन्त्र ‘नाजुक’ अवस्थामा

0

फागुन,३।
अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रजातन्त्र ‘नाजुक’ अवस्थामा रहेको बताउनु भएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउन सिनेट असफल भएको र यसले प्रजातन्त्र नाजुक अवस्थामा रहेको पुष्टि गरेको बाइडेनको भनाइ छ । संसद भवनमा गएको जनवरी ६ तारिखमा भएको हिंसात्मक आक्रमणमा ट्रम्पको हात रहेको भन्दै महाअभियोग प्रस्ताव गरिएको थियो । हिंसा मच्याउन आफ्ना समर्थकलाई उक्साएको आरोपमा महाअभियोग लागेका पूर्व राष्ट्रपति ट्रम्पलाई माथिल्लो सदन सिनेटले भने राहत दिएको थियो । महाअभियोगको पक्ष दुई तिहाई नपुगेपछि महाअभियोगबाट ट्रम्प जोगिनु भएको छ । यो सँगै अब उहाँले सन् २०२४ मा हुने चुनाव लड्न पाउने हुनु भएको छ । संसद भवनमा भएको आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको थियो ।

Share.

Leave A Reply