play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

फुलहमसँग एभर्टनको हार

0

फाल्गुन,३।
इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन घरेलु मैदानमै पराजित भएको छ । गएराति भएको खेलमा एभर्टन फुलहमसँग २(० ले पराजित भएको हो । फुलहमलाई जित दिलाउन जोस मोजाले दुई गोल गरे । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा मोजा चम्किदा फुलहम विजयी भएको हो । खेलको ४८ औं मिनेटमा माजाले गोल गर्दै एभर्टनलाई १(० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६५ औं मिनेटमा माजाले व्यक्तिगत दोस्रो गोल गर्दै फुलहमलाई २(० को जित दिलाए । जितसँगै फुलहमले २३ खेलमा १८ अंक जोडेको । फुलहम १८औं स्थानमा यथावत रहेको छ । एभर्टन ३७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

Share.

Leave A Reply