play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

आर्सनलको जितमा औबामियाङको ह्याट्रिक

0

फाल्गुन,३।
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले लिड्स युनाईटेडलाई ४(२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा आर्सनललाई जित दिलाउन पिएरे एम्रिक औबामियाङले ह्याट्रिक गरे । हेक्टर बर्लिनको नाममा एक गोल रह्यो । यस्तै लिड्सका पास्कल र हेल्डेर कोस्टाले एक एक गोल फर्काए । खेलको १३ औं मिनेटमा औबामियाङले गोल गर्दै टोलीको अग्रता १(० को बनाएका थिए । खेलको ४१ औं मिनेटमा औबामियाङले पेनाल्टीमा गोल गर्दै आर्सनलको अग्रता २(० को बनाए । ४५ औं मिनेटमा बर्लिनले गोल गरेपछि पहिलो हाफमा आर्सनल ३(० ले अघि रह्यो । खेलको ४७ औं मिनेटमा औबामियाङले ह्याट्रिक पूरा गरेपछि आर्सनलको अग्रता ४(० को बन्यो । औबामियाङ भ्यालेन्टाइनको दिन प्रिमियर लिगमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी हुन् । खेलको ५८ औं मिनेटमा लिड्सका पास्कलले गोल गरेपछि खेल ४(१ को स्थितिमा आयो । त्यसपछि खेलको ६९ औं मिनेटमा लिड्सका कोस्टाले गोल गरेपछि आर्सनल ४(२ ले विजयी भयो । जितसँगै आर्सनल लिगको दशौँ स्थानमा उक्लिएको छ । आर्सनलले २४ खेलमा ३४ अंक जोडेको छ । लिड्स २३ खेलमा ३२ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

Share.

Leave A Reply