play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

बराबरीमा रोकियो डर्टमण्ड

0

फाल्गुन,२।
जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा डर्टमण्ड होफेनहाइमसँग २(२ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा डर्टमण्डका लागि जाडोन सान्चो र अर्लिङ हालाण्डले एक एक गोल गरे । होफेनहाइमका मुनास डाब्बुर र आइलेस बेबुले एक एक गोल गरे । खेलको २४ औं मिनेटमा सान्चोले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।
खेलको ३१ औं मिनेटमा मुनासले गोल गर्दै खेल १(१ को बराबरीमा ल्याए । ५१ औं मिनेटमा बेबुले गोल गर्दै होफेनहाइमलाई २(१ को अग्रता दिलाए ।त्यसपछि खेलको ८१ औं मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई हारबाट जोगाए । यस बराबरीसंगै डर्टमण्डले २१ खेलमा ३३ अंक जोडेको छ ।डर्टमण्ड लिगको छैटौं स्थानमा रहेको छ । २३ अंक जोडेको होफेनहाइम १२ औं स्थानमा रहेको छ ।

Share.

Leave A Reply