play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नापोलीसँग युभेन्ट्स पराजित

0

फाल्गुन,२।
इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्स पराजित भएको छ । गएराति भएको खेलमा युभेन्ट्स नापोलीसँग १(० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा नापोलीलाई जित दिलाउन लोरेन्जो इन्सिग्नेले निर्णायक गोल गरे ।खेलको ३१ औं मिनेटमा लोरेन्जोले पेनाल्टीमा गोल गरेका थिए । जितसँगै नापोली लिगको चौंथो स्थानमा उक्लिएको छ । नापोलीले २१ खेलमा ४० अंक जोडेको छ । युभेन्ट्स ४२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । अर्को खेलमा लिग लिडर एसी मिलान स्पेजियासँग पराजित भएको छ । मिलानलाई स्पेजियाले २(० ले हराएको हो । मिलान ४९ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।

Share.

Leave A Reply