play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

अफगानिस्तानमा सैन्य उपस्थिति बढाउने पक्षमा जर्मनी

0

फागुन,२।
जर्मनीका विदेशमन्त्री हेइको मासले जर्मनीले अफगानिस्तानमा आफ्नो सैन्य उपस्थिति बढाउन चाहेको बताउनुभएको छ । जर्मनीले अफगानिस्तानमा अमेरिकापछि धेरै सैनिक पठाएको छ । अफगानिस्तानमा सेना पठाउनका लागि प्राप्त भएको वार्षिक जनादेश सकिनुभन्दा पहिले अफगानिस्तानको सरकार र तालीबानबीच शान्तिवार्ता हुने सम्भावना नरहेको जर्मनीले जनाएको छ । शान्तिवार्ता मार्चको अन्त्यअघि टुङ्गिने सम्भावना कम रहेको भन्दै जर्मनीका विदेशमन्त्री मासले त्यस बेलासम्मका लागि पूर्व निर्णयलाई परिवर्तन गर्नु नहुने बताउनुभएको छ । यसअघि संयुक्त राज्य र तालीबानीबीचको सम्झौतामा सबै विदेशी सेनालाई मे २०२० सम्म फिर्ता गर्ने सहमति भएको छ । राष्ट्रपति जो बाइडेनले समय सीमा आउँदासम्म पनि गम्भीर दुविधामा रहेको र तालीबानले हिंसा अन्त्य गर्ने कुनै सङ्केत नदेखाएको एक उच्च अमेरिकी अधिकारीको भनाइ रहेको छ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अफगानिस्तानबाट आफ्ना सेनालाई फिर्ता लान तालीबानी समूहसँग सहमत देखिए पनि नयाँ अमेरिकी राष्ट्रपतिले गएको वर्ष तालीबानसँगको वाशिङ्टनमा गरिएको सम्झौताको समीक्षाको आदेश दिनुभएको छ । यसबाट सेना फिर्ता प्रक्रिया लम्बिने अनुमान सुरु भएको छ । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का रक्षामन्त्रीहरूको यस महिनाको अन्त्यतिर बस्ने बैठकमा नेटो गठबन्धनको १० हजार सेनालाई फिर्ता गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुने निर्क्यौल गरिने विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

Share.

Leave A Reply