फाल्गुन,२।
प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको नेकपाको दाहाल नेपाल समूहले आइतबार तेस्रो चरणको आन्दोलन घोषणा गर्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे पत्रकार सम्मलेन गरि थप आन्दोलनका कार्यक्रमबारे जानकारी दिइने जनाइएको छ । प्रतिनिधिसभा विघटन पछि दुई समुहमा विभाजित भएको नेकपाका दुवै समूह जनता आफ्नो पक्षमा रहेको देखाउने होडमा लागेका छन् । विघटन सही भएको पुष्टि गर्न ओली समूह लागेको छ भने दाहाल–नेपाल समूहले विघटन असवैधानिक भन्दै सडक संघर्षमा होमिएको छ । दुवै समुहले काठमाडौं लगायत देशका विभिन्न स्थानमा एक पछि अर्को सभा सम्मेलन आयोजना गर्दै आएका छन् ।