play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

0

फाल्गुन,२।
स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो एलाभेसलाई ५(१ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र ट्रिन्काओले दुई गोल गरे । जुनियर फिर्पोको नाममा एक गोल रह्यो । डिपोर्टिभोका लुइस रीओजाले एक फर्काए । घरेलु मैदानमा खेलको २९ औं मिनेटमा ट्रिन्काओले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले २(० को अग्रता बनायो । खेलको ५७ औं मिनेटमा पाहुना टोलीका लुइसले गोल गर्दा खेल २(१ को स्थितिमा आयो । खेलको ७४ औं मिनेटमा ट्रिन्काओले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले ३(१ को अग्रता बनायो । ७५ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४(१ को अग्रता दिलाए । त्यसपछि खेलको ८० औं मिनेटमा जुनियरले गोल गरेपछि बार्सिलोना ५(१ ले विजयी भयो । जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २२ खेलमा ४६ अंक जोडेको छ । डिपोर्टिभो २२ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

Share.

Leave A Reply