इन्टरनेटमा आउने सामग्री नियन्त्रण गर्न सरकारले विशेष प्रणाली भित्र्याउँदै

0

फागुन,२।
इन्टरनेटमा आउने सामग्री नियन्त्रण गर्न सरकारले विशेष प्रणाली भित्र्याउन लागेको छ । इन्टरनेटमा आउने अनावश्यक र समाजमा नकारात्मक असर पार्ने सामग्री नियन्त्रणको लागि नेपाल दूरसञ्चार प्राधिकरणले एक अर्ब रुपैयाँको लागतमा विशेष प्रणाली ल्याउन लागेको हो । प्रविधि पत्रकार मञ्च टीजेएफ ले गरेको भर्चुअल कार्यक्रममा प्राधिकरणका निर्र्देशक विजयकुमार रोयले विशेष प्रणाली भित्राउन प्रक्रिया चलिरहेको र नेपालमा विभिन्न नाकाबाट भित्रिने व्यान्डविथको ट्राफिकको अध्ययन गरिरहेको बताउनुभयो । उहाँले कुनै प्रणालीको उद्देश्य व्यक्ति वा संस्थाको सामग्रीलाई नियन्त्रण गर्ने नभएको बताउनुभयो । तर सरोकारवालाहरुले भने सरकारले यसबाट के गर्न खोजेको हो भन्ने विषय नै स्पष्ट नभएको बताएका छन् । नेपाल इन्टरनेट एक्सचेन्ज (एनपीआईएक्स)का बोर्ड सदस्य इन्डिभर बडालले सरकारले यो कार्य अगाडि बढाउनुभन्दा पहिला फिल्टरिङ के हो र यो सम्भव छ कि छैन भन्नेमा प्रष्ट हुन आवश्यक रहेको बताउनुभयो ।

Share.

Leave A Reply