play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

आज प्रणय दिवस मनाइँदै

0

फागुन,२।
आज ’भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस मनाइँदै छ । हरेक फेब्रुअरी १४ तारिखमा यो दिवस मनाउने गरिन्छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया साट्ने र प्रेम प्रस्ताव राख्ने गर्छन् । आजकै दिन आफूलाई मन परेको व्यक्तिलाई उपहार दिने चलन पनि छ । विशेषगरी युवापुस्ताले १४ फेब्रुअरीको दिन ’भ्यालेन्टाइन डे’ लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिन्छन् । पहिले(पहिले युवापुस्ता र सहर बजारमा मात्रै प्रणय दिवस मनाउने गरिए पनि अहिले गाउँघरमा पनि यसको चर्चा हुन थालेको छ । ’भ्यालेन्टाइन डे’ को सुरुवात सन् २६९ मा रोमनबाट सुरु भएको मानिन्छ । नारीसँगको सम्बन्धका कारण सेना कमजोर हुने भन्दै सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए । तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरेका थिए । आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी सन् २६९ को फेब्रुअरी १४ तारिखमा मृत्युदण्डको सजाय दिइएको थियो । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा ’भ्यालेन्टाइन डे’ का रूपमा मनाउन थालिएको हो ।

Share.

Leave A Reply