play_circle_outline On Air

जेनेरेशन एक्स

play_circle_outline On Air

जेनेरेशन एक्स

सौराहमा आजदेखि १५ औँ संस्करणको फुड फेस्टिवल सुरु

0

चितवन फागुन ,०१ । रेस्टुरेन्ट एण्ड बार एसोसियसन (रेवान)को आयोजनामा हुने सौराहा सडक फुड फेष्टिवल आजबाट सुरु भएको छ । फागुन ३ गतेसम्म सञ्चालन हुने फेस्टिबल आज तीन बजे उद्घाटन भएको आयोजकले जनाएको छ। ‘प्रणय दिवस’को अवसरमा आयोजना गरिएको फेस्टिवलमा प्रेममा रहेका युवायुवतीदेखि परिवारसँग रमाउनेहरुका लागि सेवा उपलब्ध गराइने छ। कोरोना भाइरसक संक्रमण जोखिमका कारण सुस्ताएको पर्यटन व्यवसाय बिस्तारै चलायमान हुन थालेपछि सडकमकै फुड फेस्टिवल आयोजना गर्न गरिएको फेस्टिवलका संयोजक ध्रुव गिरीले जानकारी दिनुभयो । फेस्टिवलको १५औं संस्करण हात्तीचोकदेखि राप्ती ड्याकसम्म ६०० मिटरभित्रको सडकमा गर्न लागिएको जनाइएको छ । साँझ ५ बजेदेखि राति १० बजेसम्म पर्यटकलाई विभिन्न खानाका परिकारसहित सांस्कृतिक कार्यक्रममा रमाउन पाउने व्यवस्था मिलाइएको छ। सडक किनारमा ८० वटा रेस्टुरेन्टले विदेशी खानासहित थारु, नेवारी तथा नेपाली परम्परागत खाना उपलब्ध गराउने छन्। फेस्टिवल सुरु नहुँदै व्यवसायीहरुले सौराहालाई सिंगारेका छन्। चोकचोकमा पर्यटक नमाउन सक्ने वातावरण बनाइइको छ। तीन दिनसम्म खानाका परिकारसँगै थारु, मगर, गुरुङ, नेवारी समुदायका मौलिक संस्कृति झल्कने झाँकी तथा पञ्चेबाजा प्रस्तुत हुने रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिनुभयो । सौराहा भनेको नेपालको पर्यटकीय तेस्रो गन्तव्य हो। र, यसको विकास पनि यही ढंगबाट भइरहेको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यमा पर्ने यो क्षेत्रमा धेरै होटल, लज, रिसोर्ट र रेस्टुरेन्टहरू छन्। निकुञ्ज र सामुदायिक वनमा हात्ती र जीप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध मानिन्छ। सौराहा विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको छेउमा नै अवस्थित छ। सो निकुञ्ज ९३२ स्क्वायर किलोमिट क्षेत्रफलमा फैलिएको छ। जुन हात्ती, गैँडा, बाघ, मृग, जरायो, मयुर, चित्तल, वँदेललगायतका वन्यजन्तुको साझा वासस्थान हो। यही कारणले गर्दा सबैखाले पर्यटक देशविदेशबाट यहाँ आउने गर्दछन्। सौराहामा सामान्य गेष्ट हाउसदेखि ५ तारे स्तरका होटलहरु सञ्चालनमा छन्। जसको मूल्य प्रतिरात रु १ हजारदेखि १५ हजारसम्म रहेको छ भने यहाँ रु ३०० देखि १५०० सम्मको डिनर गर्न पाइन्छ।

Share.

Leave A Reply