play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

भरतपुरको भेटेरेनरी अस्पताललाई व्यवस्थित बनाइने

0

चितवन फागुन ,०१ । चितवनको भरतपुरको भेटेरेनरी अस्पताललाई व्यवस्थित बनाइने भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा छुट्टै व्यवस्थित मिनी अस्पताल बनाउन लागिएको हो । पशु सेवा विज्ञ केन्द्रभित्र नयाँ स्वरुपको भेटेरेनरी अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । भेटेरेनरी अस्पताल तथा पशुरोग विज्ञ केन्द्रका प्रमुख डा दयाराम चापागाईँका अनुसार केन्द्रमा नै रहेको पुरानो भवनलाई मर्मत गरेर थप व्यवस्थित भेटेरेनरी अस्पताल बनाउन लागिएको हो । उक्त अस्पताल यही फागुनको अन्तिमसम्ममा सञ्चालनमा आउन लागेको उहाँले जानकारी दिनुभयो । भेटेरेनरी अस्पतालका लागि रु २६ लाख बजेट विनियोजन भएको छ । अस्पतालमा उपचारकक्षसहितको प्रयोगशाला अल्ट्रासाउण्ड प्रयोगमा ल्याउनुका साथै एक्सरे मेसिन पनि राखिने जनाइएको छ । केन्द्रभित्रै रहेको भवनमा बन्न लागेको उक्त भेटेरेनरी अस्पतालमा रोग पहिचान गर्नेलगायत व्यवस्थित तालिम हल पनि निर्माण गरिनेछ ।

Share.

Leave A Reply