play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

पार्टीलाई बदनाम गर्नेहरु अहिले सडमा कुर्लिरहेको प्रधानमन्त्री ओलको आरोप

0

चितवन फागुन ,०१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई बदनाम गर्नेहरु अहिले सडमा कुर्लिरहेको आरोप लगाउनुभएको छ । बुटवलमा आयोजित आमसभामालाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभयको हो ।

‘अहिले पार्टी एउटै विचारमा अनुशासित भएर गतिशिल भएको छ, देश बनाउने संकल्पसहित अघि बढेको छ, सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब हामी निरास हुनुपर्ने अवस्था छैन, कठैबरा भन्नुपर्ने गएका छैनन, पार्टीको बदनाम गर्नेहरु, मुलुकको समृद्धि नचाहानेहरु मात्रै बाहिरिएका हुन् । उनीहरु अहिले सडकमा डम्फू बजाइरहेका छन् ।’ उहाँले नेपालभरीको होइन लुम्बिनी प्रदेशका मात्र मानिसको उपस्थितिलाई लिएर गौरव गर्नुभयो ।

ओलीले देशमा आन्दोलन विभाजित भएका बेला, कुनै पनि पार्टी क्रियाशील हुन नसकिरहेको बेला आफूले एकता र एकीकरणको अभियान शुरु गरेको बाताउनुभयो । तत्कालीन एमाले र माओवादी केन्द्रलाई मिलाउने आफूले अगुवाई गरेको भए पनि केही मानिसले देश बनाउने नभइ आफू बन्ने उद्देश्य नछोड्दा यो अवस्था सिर्जना भएको जानकारी दिनुभयो । उहाँले गुट बलियो बनाउने गलत अभ्यास गर्नेहरुकै कारण यो अवस्था आएको जिकीर गर्नुभयो ।

Share.

Leave A Reply