play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

विकासको गतिमा भरतपुरः संघ, प्रदेश र महानगरका अरबौका योजना

0

फागुन,१।
गाउँदेखि शहरसम्म मिलाएर बनेको भरतपुर महानगरपालिकाभित्र विकासका क्रियाकलप बढ्दै गएको छ । जनप्रतिनिधि आएसँगै सानादेखि ठूला परियोजना निर्माण हुन थालेपछि विकासका कामले गति लिएको हो । महानगरपालिका, वाग्मती प्रदेश सरकार र सङ्घीय सरकारका आयोजना यस महानगरमा सञ्चालनमा आएसँगै विकासका कामले गति लिएको हो । महानगरपालिकको अगुवाइमा प्रदेश र सङ्घीय सरकारको साथकै कारण महानगरमा ठूला आयोजना अघि बढेका हुन् । भरतपुरभित्र बन्दै गरेका र बन्ने तयारीमा रहेका एक दर्जनभन्दा बढी आयोजना रहेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, भरतपुर महानगर सिटी हल, पुल्चोक–गोन्द्राङ छ लेन सडक, नारायणी नदी किनार आयोजना, हुलाकी सडक, उद्योग ग्राम, चौबीसकोठी–मेघौली सडक, रिङरोड र लिङ्क रोडको काम धमाधम भइरहेको छ । यस्तै नारायणगढको लायन्सचोकमा बहुउद्देश्यीय भवन, भरतपुर विमानस्थल विस्तार, स्मार्ट सडक बत्तीजस्ता परियोजना सञ्चालनको तयारीमा रहेका छन् ।महानगर प्रमुख रेनु दाहालका अनुसार क्रिकेट रङ्गशालाका लागि महानगरकै पहलमा जग्गा खोजी गरी काम तीव्र गतिमा अघि बढिरहेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माणको काम अघि बढाएको हो । यस परियोजना सम्पन्न भएसँगै अन्तर्राष्ट्रियस्तरका खेल यहाँ हुनेछन् । जुन नेपालको महत्वपूर्ण परियोजना मध्येको एक बन्ने दाहालको भनाइ छ । यो आयोजनाको निर्माणको काम रातदिन भइरहेको छ ।भरतपुर महानगरपालिकाको वडा नं १ र ३ को नारायणी नदी किनारालाई ‘सी बीच मोडेल’ मा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरी आर्थिक क्रियाकलापमा वृद्धि गर्ने गरी काम अगाडि बढाइएको छ । दाहालका अनुसार गत आर्थिक वर्षमा महानगरबाट रु एक करोड रकम खर्च भई फुटपाथ बनेको थियो । यस आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट करिब रु सात करोडको बोलपत्र आह्वान भइसकेको छ । यससँगै यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्नेछ ।यस्तै भरतपुर महानगरपालिका–११ को गणेशस्थानलाई गणेशधामका रुपमा विकास गर्ने काम धमाधम भइरहेको छ ।

Share.

Leave A Reply