play_circle_outline On Air

नेपाल खबर

play_circle_outline On Air

नेपाल खबर

सौराहामा आजदेखि फुड फेस्टिभल शुरु हुँदै

0

फागुन,१।
चितवनको सौराहामा आज (शनिबार) देखि फुड फेस्टिभल शुरु हुँदैछ । रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाको आयोजनामा आजदेखि शुरु हुने १५ औं संस्करणको फुड फेस्टिभल दुई दिनसम्म चल्नेछ ।महोत्सव साँझ ५ बजेबाट शुरु हुनेछ । महोत्सवको रत्ननगर नगरपालिकाकी उपमेयरले उद्घाटन गर्ने कार्यक्रम छ । सौराहाको गैँडाचोकदेखि हात्ती चोकसम्म सडकमा महोत्सव हुनेछ । कोरोना भाइरसको जोखिमका कारण यस वर्ष खुला चौरमा नभई सडकमा महोत्सव गर्न लागिएको हो । महोत्सव हुने गैँडाचोकदेखि हात्ती चोकसम्मकोक सडकलाई सिँगारिएको छ । महोत्सवको सम्पूर्ण तयारी लगभग सम्पन्न भइसकेको रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए ।यसपटक महोत्सवमा स्टलहरु पनि राखिने छैन । व्यवसायीहरुले आ(आफ्न होटल तथा रेष्टुरेन्ट अगाडिबाट नै सेवा दिने खतिवडाले बताए । उनका अनुसार महोत्सवको ९५ प्रतिशत तयारी सम्पन्न भइसकेको छ । साँझसम्म बाँकी रहेका काम पनि पुरा हुने उनले बताए । महोत्सवमा यसपटक कुनै पनि सांस्कृतिक कार्यक्रम नहुने उनले बताए ।यसअघिका वर्षमा सिसुवार खेल मैदानमा सांस्कृतिक कार्यक्रमसहित महोत्सव हुने गर्दथ्यो । सांस्कृतिक कार्यक्रम नभए पनि दैनिक विभिन्न जातिका झाँकी भने प्रदर्शन गरिनेछ । थारु, मगर, चेपाङ, कुमाल, तामाङलगायत जातजातिका झाँकीसँगै पञ्चेबाजा, खैचडीलगायतका प्रस्तुती भने रहनेछ । महोत्सवमा पर्यटकहरु बिभिन्न परिकारका नयाँ र स्वादिला खानाको स्वाद लिन सक्नेछन् । कोभिडका कारण यस पटक ७ हजार पर्यटकहरु ले मात्र महोत्सव अवलोकन गर्ने रेवान सौराहाको अनुमान छ ।

Share.

Leave A Reply