play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

पूर्वी चितवनको वाटर किङडम र थोर्वालिङ गुम्बा दुई सय पर्यटकीय गन्तव्यमा छनोट

0

फाल्गुन,१।
पूर्वी चितवनका दुई पर्यटकीय क्षेत्र देशभरका दुई सय पर्यटकीय गन्तव्यमा छनौट भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाहरुको समन्वयमा विभिन्न परियोजना र आयोजनाहरु छनोट गरेको छ । जसमा पूर्वी चितवनका दुई क्षेत्र छनोट भएका हुन् । मन्त्रालयले पूर्वी चितवनको रत्ननगर नगरपालिकास्थित रत्ननगर वाटर किङडमलाई दुई सय पर्यटकीय गन्तव्यमा छनोट गरेको छ । वाटर किङडममा पुर्वाधार निर्माण तथा व्यवस्थापनका लागि ७ करोड लागत अनुमान गरिएको छ । वाटर किङडममा पुर्वाधार निर्माण तथा व्यवस्थापनका लागि मन्त्रालयको तर्फबाट ४ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै २ करोड ४५ लाख साझेदारी लागत अन्तर्गत रहने मन्त्रालयले जनाएको छ ।यस्तै कालिका नगरपालिकाको ढोकुन थोर्वालिङ गुम्बा क्षेत्र पनि दुई सय पर्यटकीय गन्तव्य छनोट भएको छ । थोर्वालिङ गुम्बा कालिका नगरपालिका वडा नम्बर ७ मा पर्दछ ।उक्त गुम्बा क्षेत्रमा पुर्वाधार निर्माण तथा व्यवस्थापनका लागि मन्त्रालयले ५ करोड ३४ लाख लागत अनुमान गरेको छ । त्यसका लागि मन्त्रालयले ३ करोड ४८ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ भने १ करोड ८६ लाख भने साझेदारी लागत अन्तर्गत रहने मन्त्रालयले जनाएको छ । मन्त्रालयले गरेको प्रस्ताव आह्वानको आधारमा ७१३ वटा प्रस्ताव परेकामध्ये २ सय गन्तव्य छनोट भएको हो । सरकारले छनोट गरेका धेरैजसो आयोजनामा पार्क, पिकनिक स्थल, मन्दिर, पर्यटकीय स्थलसम्म पुग्ने सडक, पदमार्ग, सपिङ कम्प्लेक्स, सङ्ग्रहालय, गुम्बा, स्मृति पार्क, फनपार्कलगायत रहेका छन् ।

 

Share.

Leave A Reply