play_circle_outline On Air

सिने संगीत

play_circle_outline On Air

सिने संगीत

आज विश्व रेडियो दिवशको अवसरमा सिनर्जी एफ।एमद्धारा विपतमा रेडियोको भूमिका बारे बहस

0

फागुन,१।
आज विश्व रेडियो दिवशको अवसर पारेर सिनर्जी एफ.एम ९१.६ मेघाहर्जले विपतमा रेडियोको भूमिका बारे बहस जारी छ । सिनर्जी एफ.एम ९१.६ मेघहर्जको प्रङ्गणमा हुने कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख, रेडियो संचालक र रेडियो कर्मीहरुको सहभागीता रहेकोछ । सिनर्जी एफ.एमका स्टेशन म्यानेर रामकान्त पौडेलका अनुसार विपतको समयमा प्रभावकारी संचारको माध्यम बन्दै आएको रेडियोलाई थप विश्वसनीय र दिर्घकाली रुपमा संचालन गर्ने बहसले टेपा पुराउने बताउनु भएको छ । यो संगै विपतको समयमा रेडियो संचालन गर्दा यहाँका स्थानीय तहले भुमिका र रेडियो कर्मीको दायीत्वको विषयमा समेत बहस हुनेछ । २०५८ सालमा चितवनको जेठो रेडियोको रुपमा स्थापना भएको सिनर्जी एफ.एमले हरेक क्षेत्रमा आफ्नो अभिभावको भुमिका निर्वाह गर्ने क्रममा यस बहस कार्यक्रमलाई पनि प्रथामीकतामा राखेको हो । यस बहस कार्यक्रमको सम्पुर्ण तयारी पुराभएको र कार्यक्रमलाई सिनर्जी एफ.एमको अनलाई संस्करणमा हेर्न र सुन्न सक्ने समेत रेडियोले जनाएको छ ।

Share.

Leave A Reply