play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

माघ,३०।
प्रतिनिधिसभा विघटनले सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभाजित हुँदै गर्दा कम्युनिस्ट चार घटकबीच रणनैतिक संयुक्त्त मोर्चाको घोेषणा भएको छ । १४ पुसमा भएको सहमतिअनुसार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य (किरण)नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच बिहीबार मोर्चाबन्दी भएको हो । बिहीबार प्रज्ञा भवनमा औपचारिक कार्यक्रम गरेर उनीहरूले मोर्चाको घोषणा गरेका छन् । केपी ओली सरकारको निरङ्कुशता, फाँसिवाद, दलाल र प्रतिक्रिया राज्य सत्ताकाविरुद्ध आफूहरु संयुक्त मोर्चा बनाएर जुटेको उनीहरुको भनाइ छ । कार्यक्रममा उपस्थिति नेताहरु वर्तमान व्यवस्था र नेकपाको केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहमाथि बढी खनिएका थिए । नेकपा ओली र प्रचण्ड–नेपाल पक्ष एकअर्काविरुद्ध आगो ओकाली रहेकाबेला कम्युनिस्टका साना चार घटक एक ठाउँमा उभिनु अर्थपूर्ण छ । मोर्चामा प्रतिबन्धित विप्लव नेतृत्वको पार्टी सहभागिता हुनुलाई चासोका साथ हेरिएको छ । सरकारले २०७५ साल फागुन २८ गते विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगायता उक्त पार्टीका नेता कार्यकर्ता भूमिगत अवस्थामा छन् ।

Share.

Leave A Reply