play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

कोरोना नियन्त्रणका नियम पालना नगर्ने कतारका ६ वटा ब्यापारिक केन्द्र बन्द

0

माघ,३०।
कतारमा सामाजिक दूरीलगायतका कोभिड( १९ प्रोटोकलको पालना नगरी भीडभाड गर्ने सफारी मललगायतका ६ ब्यापारिक केन्द्र बन्द गरिदिएको छ । कतारको वाणिज्य र उद्योग मन्त्रालयले केही स्टोर र प्रतिष्ठानहरूले कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएका नियम उल्लंघन गरेपछि कारबाही गरिएको जनाएको छ ।मन्त्रालयका अनुसार बन्द गरिएका महल तथा पसलहरूमा पर्ल(कतार, अल वाक्राको होम सिटी, अबु हम्मूरको सफारी मल्ल, ऐन खालिदमा डाइटर परामर्श, सौक वाकिफको एन्नाबी क्याफेटेरिया ९२ र पुरानो एयरपोर्ट क्षेत्रको अल रवानाक ट्रेडिंग कम्पनी छन् ।मन्त्रालयले यसअघि नियम उलङ्घन नियन्त्रण गर्न आफ्नो निरीक्षण अभियान तीव्र पार्ने बताइसकेको थियो । मन्त्रालयले सबै नागरिक र बासिन्दालाई दर्ता र व्यावसायिक इजाजतपत्र, वा सावधानी र रोकथाम उपायहरूको उल्लंघन गरेको देखेमा मन्त्रालयलाई रिपोर्ट गर्नसमेत आग्रह गरेको छ । कतारले कोरोना संक्रमण बढेसंगै कोभिड सुरक्षा सावधानीका नियमहरू गत हप्ता फेरि लागू गरेको छ ।

Share.

Leave A Reply