play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

बायर्नलाई क्लब विश्वकपको उपाधि

0

माघ,३०।
जर्मन क्लब बायर्न म्युनिखले फिफा क्लब विश्वकप फुटबलको उपाध जितेको छ । कतारमा गएराति भएको फाइनलमा मेक्सिकोको टाइग्रेसलाई १(० ले हराउँदै बायर्न च्याम्पियन बनेको हो ।अहमेद विन अली स्टेडियममा बायर्नलाई जित दिलाउन बेन्जामिन पाभर्डले निर्णायक गोल गरे । पाभर्डले खेलको ५९ औं मिनेटमा गोल गरेका थिए । यससंगै बायर्नले दोस्रो पटक क्लब विश्वकपको उपाधि जित्न सफल भएका छन् । यस्तै बायर्नले पछिल्लो ९ महिनाभित्र ६ उपाधि जित्न सफल भएको छ । बायर्नले यस अघि बुन्डेसलिगा, जर्मन कप, च्याम्पियन्स लिग,यूईएफए सुपर कप र जर्मन सुपर कप जितेको थियो । यस अघि बायर्नले सेमिफाइनलमा इजिप्टको अल एहलीलाई २(० गोल अन्तरले हराएको थियो ।

Share.

Leave A Reply