play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

चेल्सी एफए कपको क्वाटरफाइनलमा

0

माघ,३०।
प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बर्न्सलीलाई १(० गोल अन्तरले हराउँदै चेल्सीले क्वाटरफाइनलको यात्रा तय गरेको हो । बर्न्सलीको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन टामी अब्राहमले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६४ औं मिनेटमा अब्राहमले निर्णायक गोल गरेका थिए । अब चेल्सीले क्वाटरफाइनलमा सेफिल्ड युनाईटेडसँग खेल्नेछ । सेफिल्ड यस अघि नै क्वाटरफाइनलमा पुगिसकेको छ । यस्तै साउथह्याम्पटन पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । साउथह्याम्पटनले उल्भ्सलाई २(० ले परजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । साउथह्याम्पटनको जितमा डानी इन्ग्स र स्टुवार्ड आम्सस्ट्रोङले एक एक गोल गरे ।

Share.

Leave A Reply