play_circle_outline On Air

काउँनडाउन शो

play_circle_outline On Air

काउँनडाउन शो

अति प्रतिकूलताका बीच पनि काम भएको छ ः मुख्यमन्त्री पौडेल

0

माघ,३०।
वाग्मती प्रदेश सरकारले तेस्रो वर्ष पूरा गरेको छ । प्रदेश सरकारले तीन वर्षभरि गरेका कामको विवरण समेटिएको पुस्तकसमेत विमोचन गरेको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले पुस्तकको विमोचन गर्नुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीवार भएको कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । कार्यक्रममा वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अहिलेको समयमा अत्यन्तै प्रतिकूलताका बीच पनि काम भएको बताउनुभएको छ । प्रदेश सरकारले गरेका कामबाट निराश हुनुपर्ने कुनै कारण नरहेको उहाँले बताउनुभयो । तीन वर्षमा गरिएका कामको सबै विवरण विमोचन गरिएको पुस्तकमा समेटिएको उहाँले बताउनुभयो । सुशासनको क्षेत्रमा धेरै काम भएको उहाँको दाबी छ ।

Share.

Leave A Reply