चितवन, माघ २९ । आईटीफ विश्व टेनिस टुर–जे ५ को दोस्रो सर्किटअन्तर्गत महिला एकलतर्फ नेपालकी अभिलाषा विष्ट सेमिफाइनलमा भारतीय खेलाडी साइना देशपाण्डेसँग पराजित भएकी छिन् ।
ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा विष्टलाई भारतकी देशपाण्डेले ६–३ र ६–० अङ्कले पराजित गरेकी हुन् । महिला एकलतर्फ नै बेल्जियमकी रोमाने र मार्ते लाम्ब्रेज तथा भारतकी रुमा गाइकाइवारी सेमिफाइनलमा प्रवेश गरिन् ।
यस्तै पुरुष एकलतर्फ भारतका युभान नन्दलाल, अमन दहिया र निशान्त दवस तथा स्पेनका तोमस क्युसदा सेमिफाइनलमा प्रवेश गरे । पुरुष डबल्सतर्फ भारतका निशान्त दवस र अमन दहिया तथा भारतकै अनग्रह गांगुली र करण सिंहको जोडी सेमिफाइनलमा प्रवेश गरेको छ । रासस